संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय
मधेसी गठबन्धनबाट सरकारलाई
दिएको समर्थन फिर्ता
लिई स्थानीय तहको
निर्वाचन हुन नदिने
भन्दै घुर्की दिँदै
आएका मधेसकेन्द्रित दलहरुले
पनि जिल्ला निर्वाचन
कार्यालय, धनुषामा दल दर्ता
गराएका छन् ।

संविधान संसोधनबिना स्थानीय तहको
निर्वाचन कुनै पनि हालतमा
हुन नदिने चेतावनी दिँदै
आएका सङ्घीय समाजवादी फोरम
नेपाल, तराई मधेस
लोकतान्त्रिक पार्टी, तराई मधेस
सद्भावना पार्टी, राष्ट्रिय मधेस
समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी,
मधेसी जनअधिकार फोरम
गणतान्त्रिकलगायत
मधेसकेन्द्रित
दलहरुले दल दर्ता गराएको
जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको
छ ।
निर्वाचन कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाका घटक सङ्घीय समाजवादी फोरम
नेपालले सबैभन्दा पहिले दल दर्ता
गराएपनि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले भने
अहिलेसम्म दल दर्ता गराएको
छैन ।
तीनलाख
९५ हजारभन्दा बढी
मतदाता रहेको धनुषामा अहिलेसम्म ३६
वटा पार्टीले दल
दर्ता गराएको जिल्ला
निर्वाचन कार्यालय धनुषाका प्रमुुख पुष्पा झाले जानकारी दिनुभयो ।
धनुषामा पहिलो
नम्बरमा सङ्घीय समाजवादी फोरम
नेपालले दल दर्ता गराएको
छन् भने राष्ट्रिय मधेस
समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी,
नेपाल कम्युनिष्ट पार्टी
(माले), तराई मधेस
सदभावना पार्टी नेपाल, नेपाल
कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल
मजदुर किसान पार्टी,
मधेसी जनअधिकार फोरम
(लोकतान्त्रिक), बहुजन शक्ति पार्टी,
तराई मधेस लोकतान्त्रिक पार्टी,
नेपाली काँग्रेस, मधेसी
जनअधिकार फोरम (गणतान्त्रिक), नेपाल
कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल
परिवार दल, दलित
जनजाति पार्टी नेपाल,
नेपाल कम्युनिष्ट पार्टी
(एमाले), शान्ति पार्टी
नेपाल, नेपाल समाजवादी पार्टीलगायत दर्ता
छन् । रासस
No comments:
Post a Comment