नेपाल खबर
Friday, March 31, 2017
गाउँ-गाउँमा फ्री वाइफाई
माआेवादीको चुनावी घोषणापत्रमा...
१.) रोजगारीको सुनिश्चितता गर्ने,
२.) रोजगारको व्यवस्था नहुँदासम्म बेरोजगार भत्ताको व्यवस्था गरिने,
३.) एकल महिला, ६० वर्ष उमेर पुगेकालाई निवृत्तिभरणको व्यवस्था गर्ने,
४.) श्रम बैंक, भूमि बैंक, गाउँ-गाउँमा फ्री वाइफाई, छात्राका लागि आत्मरक्षा गर्न शारीरिक शिक्षाको व्यवथा गर्ने, प्रतिवद्धता जनाइएको छ ।
माआेवादीको घोषणापत्र यस्तो छन कसैलाई केइ भन्नू छ??
Thursday, March 30, 2017
लागुऔषध मुक्त समाज निर्माण हाम्रो अभियान"
लागुऔषध मुक्त समाज निर्माण हाम्रो अभियान"
उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना, समाजसेवा अभियान रुपन्देही, दोहा कतार र कञ्चन दर्पणको सहयोगमा लागुऔषध नियन्त्रण सम्बन्धि जनचेतनामुलक सडक नाटक "पश्चताप" तपशिलको मिति, समय र स्थानमा प्रथम मञ्चन हुन गइरहेको जानकारी गराउदै उपस्थितिका लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ।
मिति ; चैत्र १९,२०७३ शनिबार
समय : दिनको ठिक ३ बजेदेखी
स्थान : भवानिपुर चोक, देवदह रुपन्देही
Wednesday, March 29, 2017
लुकाई ल्याएको डाईजेपाम-२५०, नुफिन-२५० र फेनारगन २५० लागु औषध सहित 2 पक्राउ
मिति २०७३।१२।१६ गते जिल्ला रुपन्देही साबिक बगाहा गा.बि.स.-५ हाल रोईनिहवा गाउंपालिका-४ मा ना ९ प ८२२८ को मोटर साईकलमा आई रहेको अवस्थामा प्रहरीले चेकिङ गर्ने क्रममा जिल्ला रुपन्देही धकधई-२ बस्ने बर्ष १८ को कृष्ण भुज र केरवानी-१ बस्ने बर्ष १८ को मुविन पठानले शरिरमा बांधी लुकाई ल्याएको अवस्थामा डाईजेपाम-२५०, नुफिन-२५० र फेनारगन २५० लागु औषध सहित फेला परेकोले निजहरुलाई पक्राउ गरी लागु औषध मुद्दा चलाईएको ।
Wednesday, March 22, 2017
कानेपोखरीमा यात्रुबहाक बस दुर्घटना ६ जनाकाे मृत्यु
MaNzzu Ghimire
दुखद समचार!!!कानेपोखरीमा यात्रुबहाक बस दुर्घटना ६ जनाकाे मृत्युकानेपोखरीमा यात्रुबहाक बस दुर्घटना ६ जनाकाे मृत्यु । विस्तृत विवरण अाउन अझै बाँकी ।
घाइते बबिता विक २० वर्ष इलाम सुर्याेदय नगरपालिका १३
रोसन मण्डल वर्ष ४० गौरीगञ्ज ८ झापा
सतन इम्बु वर्ष १९ कोरोबारी ४ झापा
सुनिता टुडु वर्ष २२ कोरोबारी ४ झापा
सतुवा हैमरन वर्ष १८ कोरोबारी ७ झापा
सन्तोष माझी वर्ष १९ गौरिगञ्ज, झापा
किशोर चौधरी वर्ष १७ गौरिगञ्ज, झापा
लिलबहादुर भट्टराई वर्ष ५० गौरिगञ्ज ८ झापा
मनिस भट्टराई गौरिगञ्ज झापा
अनिस विक वर्ष २२ भद्रपुर,झापा
जीवन वर्ष ४६ गौरिगञ्ज ८
दिलिप मण्डल वर्ष १० गौरिगञ्ज ८ झापा
करनजित वर्मा घैलाडुब्बा झापा
मित्रावती भट्टराई वर्ष २४ सिक्किम भारत
नारायण प्रसाद भट्टराई वर्ष ६१ सिक्किम भारत
राज आले वर्ष ५९ बुटवल,
संखर विक दललेरी केरौन वर्ष १७ (गम्भीर)
विजय मुर्मु वर्ष १५ दलेली केरौन
अनिल राना मगर वर्ष २६ पोखरा
इशर अली वर्ष ५४ उत्तर प्रदेश भारत
रामकुमार राई वर्ष ३६ पथरी १ रहेका छन।
MaNzzu Ghimire
Tuesday, March 21, 2017
खैरेनीमा दिनदहाडै स्ववियु सभापति अपहरण र आक्रमणको प्रयास
खैरेनीमा दिनदहाडै स्ववियु सभापति अपहरण र आक्रमणको प्रयास
कार र मोवाइल गायब,पौडेल अपहरणकारीको पञ्जाबाट जोगिए
देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापती कृष्ण पौडेलमाथि अपहरण र आक्रमणको प्रयास भएको छ ।
फागुन १८ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनबाट अध्यक्ष चुनिएका उनी अपहरणकारीको फन्दाबाट उम्कन सफल भएका छन् ।
उनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । आज खैरेनी चोकमा उनी सवार बा १५ च ७२७९ नं. को निजी अल्टोकार र मोबाइल अपहरणकारीले लगेका छन् । सो कार उनैले चलाएर खैरेनी चोकमा केहिबेर रोकेका थिए ।
सो कार खैरेनीचोकबाट अपहरणकारीले पूर्व तर्फ लगेको हुन सक्ने अनुमान गरिएको छ। तर उनी भने अपहरणकारीको पञ्जाबाट उम्किन सफल भएका हुन् । उनी अहिले देबदह प्रहरी चौकीमा प्रहरी छन् । प्रहरीले अनुसन्धान सहित सुरक्षा सर्तकता बढाएको छ ।
पुस ४ गते दिउसै सोहि स्थानमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरिएको थियो ।
थप बिबरण आउन बांकी छ ।
निर्वाचन हुन दिन्नाैं भन्दै घुर्की दिँदै आएका मधेसी मोर्चा पनि अन्तत: चुनावमा भाग लिने, -

Saturday, March 18, 2017
स्तम्भ -पाठक संवाद

उत्तर : म पढ्न त दिनहुँ पत्रपत्रिका पनि पढ्ने गर्छु तर पनि मलाई पुस्तक पढ्नमा बढी रुची लाग्छ । किनभने पुस्तकले कुनै क्षणिक समयको प्रतिनिधित्व गर्दैन र पुस्तक कालजयी पनि हुन्छ ।
उत्तर : जीवनमा उर्जा प्राप्त गर्नका लागि र आफुलाई चुस्त दुरुस्त राख्दै वर्तमान समय सापेक्ष बनाउनका लागि पढ्ने गर्छु । कुनै घटना र जीवनका आरोह अवरोहहरुले तनाव दिइरहँदा अरु चिजले दिन नसकेको आनन्द पुस्तक पढ्दा प्राप्त हुने हुनाले पनि आनन्दका लागि पनि मैले पढ्ने गरेको छु ।
उत्तर : मलाई सबैभन्दा मन पर्ने लेखक विश्वेश्वर प्रसाद कोइराला भए पनि सबभन्दा मनपर्ने कृति भने सरुभक्तको पागल वस्ती नै हो । किनभने लेखकको रुपमा विश्वेश्वरप्रसाद कोइरालाको मनोविज्ञानलाई कलात्मक तरिकाले पस्कने प्रवृत्ति मन पर्छ । पागल वस्ती असाध्यै मन पर्नुमा चाहिँ त्यसमा रहेको बेजोड कल्पनाशीलता नै हो । दुई पटक सम्म पढेपछि त्यसको चुरोमा पुग्ने प्रयास गरेको मैले अझै पनि पागल वस्तीको कल्पनाशीलतालाई अन्य पुस्तकमा भेटेको छैन वा मेरो हात लागेको छैन ।
उत्तर : विदेशी साहित्यमा मलाई उर्दुका गजलहरु अत्यन्तै मन पर्ने गर्दछन् । गालिब, दाग लगायतका गजलकारहरुका गजलकृति पढ्ने गरेको छु ।
उत्तर : उपन्यासले मलाई बढी आकर्षित गर्छ भने त्यसपछि कथा र गद्य कविताका किताबहरु पढ्न बढी मन पराउँछु ।
उत्तर : प्रायः पुस्तक किनेर नै पढ्ने गर्छु । त्यसैले किनिएका पुस्तकहरु संकलित भईहाल्छन् । त्यसैगरी साथीहरुबाट प्राप्त कृतिहरुलाई अध्ययन गरिसकेपछि अत्यन्तै सान्दर्भिक लागेमा किनेर संग्रह गर्ने गर्छु । पुस्तक संग्रह गर्ने बानी मैले मेरो दाजुबाट सिकेको हुँ । वहाँले संकलन गरेका करिब ५०० पुस्तकहरु अझै पनि मसँग छन् ।
उत्तर : सुरु सुरुमा परीक्षामा अंक ल्याउनका लागि पढियो । म नेपाली साहित्यको विद्यार्थी भएकाले पनि थुप्रै साहित्यिक कृतिहरु पाठ्यक्रममा नै समाविष्ट हुने भएकाले पढियो, पढ्नै पर्ने वा नपढी नहुने भएर पढ्न सुरु गरियो । त्यसपछि हामी पूर्व विद्यालयमा रहँदा हरि सर , शंकर सर लगायतका मित्रहरु संग मिलेर नयाँ नयाँ किताब देख्ने वित्तिकै किनेर, साटेर पढ्ने गरियो । पछि विस्तारै त्यही कुरा बानीमा परिवर्तन भयो अनि पढ्न थालियो । तर नढाटीकन भन्दा अहिले भने पठनमा केहि सुस्तता आएको छ ।
उत्तर : पढ्नु र नपढ्नु भनेको चाल्र्स डार्विनको विकासवादको सिद्धान्त जस्तै हो । उनले आफ्नो सिद्धान्तमा सङ्घर्ष गर्न र नयाँपनलाई ग्रहण गर्न नसक्ने प्राणी संसारबाट लोप हुँदै जान्छन् भनेर भनेका छन् । त्यस्तै हामीमा भएको ज्ञान, बुद्धि र कल्पनाशक्तिलाई पुनर्ताजकी गर्नेकाम पठन संस्कृतिले गर्दछ । नपढ्ने मानिस कहिल्यै पनि नवीन हुन सक्दैन । समयले क्रमशः उसलाई इतिहासमा लगेर थान्को लगाइदिन्छ । त्यसकारण जीवनको वास्तविक अर्थका लागि पनि मानिसले पढ्नु जरुरी छ ।
उत्तर : जब मैले झमक कुमारी घिमिरेको जीवन काडा कि फूल नामक कृति पढेको थिएँ, पढ्न बसिहालेँ, पढ्दै गएँ । रात छिप्पिँदै गयो तर किताबबाट आखा ओझेलिन मानेनन् । कतिपय परिच्छेदहरुमा निरन्तर अश्रुधारा बगिरहे तर पनि किताबलाई बन्द गर्ने आँट मनमा आएन र एकैपटकको बसाईमा किताब सकियो । त्यसपछि आफु सबल भएर पनि चाहेजति गर्न नसकेको र बाहाना मै जिन्दगी चलाइरहेकोमा निकै पछुतो लागेर आयो ।
उत्तर : कुनै पनि कामको सुरुवात गर्न निकै कठीन हुन्छ । जव प्रयास गरिन्छ तब त्यो प्रयास बानीमा परिणत हुन्छ । हामी मध्ये धेरैले देब्रे हातको उपयोग गर्न हिचकिचाउँछौ किनकी हामीमा त्यसको बानी छैन । तर देब्रेहात चलाउन निरन्तर प्रयास ग¥यौँ भने त्यही बानीमा परिणत हुन्छ । पढ्नुलाई पनि निरन्तरको प्रयासबाट बानीको रुपमा विकसित गरौँ, त्यसपछि नपढी हाम्रो मन मान्दैन । पढाइले नै जीवनमा उर्जा र सिर्जना ल्याउने हुनाले यसलाई प्राथमिकतामा राखौँ भन्न चाहन्छु ।
उत्तर : देबदहको पछिल्लो अवस्था हेर्ने हो भने यहाँको पठन संस्कृति अत्यन्तै विकसित भएको मैले पाएको छु । मोबाइल र ट्याबमा झुल्लिने युवा जमातको हातमा किताबका ठेली भेटिनुले पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । साथै यस क्षेत्रमा खुलेका विभिन्न साहित्यिक संस्थाहरुका माध्यमबाट पनि पठन संस्कृतिको विकासमा मद्दत पुगेको छ । अझ रिडर्स क्लब नै गठन भैसके पछि झन् पढ्ने माहोल बनेको जस्तो मेरो अनुभूति छ ।
उत्तर : रिडर्स क्लबले गति लिन नसक्नुको प्रमुख कारण यसमा समाहित साथीहरु आ–आफ्नो क्षेत्रमा अत्यधिक मात्रामा व्यस्त रहनु र यसको मासिक रुपमा गर्ने भनिएको भेलाको संयोजक तोक्ने र संयोजकको जागरुकता जस्ता कार्यमा उदासीनता नै हो जस्तो लाग्छ ।
उत्तर : यसमा मैले आफुले पढेका कुराहरु साटासाट गरेर विचारहरु आदानप्रदान गरेर सहयोग गर्न सक्छु । संगसगै यस क्लबबाट राखिने कार्यक्रमहरुमा सहभागी भएर ज्ञान लिने र बाढ्ने कुरामा मेरो साथ र सहयोग रहनेछ ।



