Saturday, March 18, 2017

स्तम्भ -पाठक संवाद

म जीवनमा नयाँपनका निम्ति पढ्ने अनियमित पाठक हुँ ।
शान्त, अनुशासित र बौद्धिक व्यक्तित्वको परिचय बनाएका राजीव सापकोटा बिशेषगरी गजल साहित्यमा सक्रिय छन् । ग्रिन प्लान्ट आवासिय मा. वि. का प्रिन्सिपल रहेका उनी नेपाली साहित्य तथा हिन्दी र उर्दु गजल साहित्यका राम्रा पाठक पनि हुन् । अनुराग साहित्य समाजका निवर्तमान बरिष्ठ उपाध्यक्ष उनी हालसालै उज्यालो लालटिन प्रतिष्ठानको अध्यक्ष समेत भएका छन् । ‘देवदह रिडर्स क्लब’मा पनि आबद्ध रहेका उनै अध्ययनशील राजीव सापकोटासंग उनको पठन जीवनसंग केन्द्रित रहेर मैले संवाद गरेको छु । हाम्रो बातचित यहाँ प्रस्तुत छ।
प्रश्न : तपाई कस्तो खालको पाठक हो ?
उत्तर : म किताबका माध्यमबाट आफुलाई पुनर्ताजकी गर्ने खालको पाठक हुँ । मलाई किताब पढेपछि एक प्रकारको उर्जा प्राप्त हुन्छ, जसले म भित्र रहेका हिनताबोधहरुलाई पनि मेटाएर जीवनमा केहि नवीनता थपिदिने काम गरेको हुन्छ । जीवनलाई र मेरो पेशालाई नवीन ढङ्गले संचालन गर्नका लागि नयाँ नयाँ विचार र पद्दतिहरु मलाई पठनका माध्यम बाट प्राप्त हुने गर्दछ । त्यसैले म जीवनमा नयाँपनका निम्ति पढ्ने अनियमित पाठक हुँ ।
प्रश्न : अहिले के पढ्दैहुन्छ ?
उत्तर : अहिले जोन हल्टद्धारा लिखित र शरदचन्द्र वस्ती द्धारा नेपालीमा अनुदित सिकाइ समुहको प्रकाशनको असफल स्कुल भन्ने किताब पढिरहेको छु । जसमा शिक्षा र शैक्षिक संस्थाका फरक फरक समस्याहरुलाई केलाएर एउटा विद्यालयलाई कसरी सफल विद्यालय बनाउने भन्ने बारेमा गहनतम विचारहरु अभिव्यक्त भएका छन् ।
प्रश्न : तपाईको पठनको आयाम कता कता फैलिएको छ? जस्तो कि पुस्तक, पत्रपत्रिका, म्यागेजिन?
उत्तर : म पढ्न त दिनहुँ पत्रपत्रिका पनि पढ्ने गर्छु तर पनि मलाई पुस्तक पढ्नमा बढी रुची लाग्छ । किनभने पुस्तकले कुनै क्षणिक समयको प्रतिनिधित्व गर्दैन र पुस्तक कालजयी पनि हुन्छ ।
प्रश्न : खास किन पढ्नुहुन्छ तपाई?
उत्तर : जीवनमा उर्जा प्राप्त गर्नका लागि र आफुलाई चुस्त दुरुस्त राख्दै वर्तमान समय सापेक्ष बनाउनका लागि पढ्ने गर्छु । कुनै घटना र जीवनका आरोह अवरोहहरुले तनाव दिइरहँदा अरु चिजले दिन नसकेको आनन्द पुस्तक पढ्दा प्राप्त हुने हुनाले पनि आनन्दका लागि पनि मैले पढ्ने गरेको छु ।
प्रश्न : तपाईलाई सबैभन्दा मनपर्ने लेखक र कृति ? कस्ता पुस्तक प्रति विशेष रुची छ तपाईको
उत्तर : मलाई सबैभन्दा मन पर्ने लेखक विश्वेश्वर प्रसाद कोइराला भए पनि सबभन्दा मनपर्ने कृति भने सरुभक्तको पागल वस्ती नै हो । किनभने लेखकको रुपमा विश्वेश्वरप्रसाद कोइरालाको मनोविज्ञानलाई कलात्मक तरिकाले पस्कने प्रवृत्ति मन पर्छ । पागल वस्ती असाध्यै मन पर्नुमा चाहिँ त्यसमा रहेको बेजोड कल्पनाशीलता नै हो । दुई पटक सम्म पढेपछि त्यसको चुरोमा पुग्ने प्रयास गरेको मैले अझै पनि पागल वस्तीको कल्पनाशीलतालाई अन्य पुस्तकमा भेटेको छैन वा मेरो हात लागेको छैन ।
प्रश्न : विदेशी साहित्यमा ?
उत्तर : विदेशी साहित्यमा मलाई उर्दुका गजलहरु अत्यन्तै मन पर्ने गर्दछन् । गालिब, दाग लगायतका गजलकारहरुका गजलकृति पढ्ने गरेको छु ।
प्रश्न : कुन विधाका पुस्तकप्रति विशेष रुची छ तपाईको ?
उत्तर : उपन्यासले मलाई बढी आकर्षित गर्छ भने त्यसपछि कथा र गद्य कविताका किताबहरु पढ्न बढी मन पराउँछु ।
प्रश्न : पुस्तक संकलन गर्न पनि रुचाउनु हुन्छ कि?
उत्तर : प्रायः पुस्तक किनेर नै पढ्ने गर्छु । त्यसैले किनिएका पुस्तकहरु संकलित भईहाल्छन् । त्यसैगरी साथीहरुबाट प्राप्त कृतिहरुलाई अध्ययन गरिसकेपछि अत्यन्तै सान्दर्भिक लागेमा किनेर संग्रह गर्ने गर्छु । पुस्तक संग्रह गर्ने बानी मैले मेरो दाजुबाट सिकेको हुँ । वहाँले संकलन गरेका करिब ५०० पुस्तकहरु अझै पनि मसँग छन् ।
प्रश्न : पढ्ने बानी कसरी बस्यो ?
उत्तर : सुरु सुरुमा परीक्षामा अंक ल्याउनका लागि पढियो । म नेपाली साहित्यको विद्यार्थी भएकाले पनि थुप्रै साहित्यिक कृतिहरु पाठ्यक्रममा नै समाविष्ट हुने भएकाले पढियो, पढ्नै पर्ने वा नपढी नहुने भएर पढ्न सुरु गरियो । त्यसपछि हामी पूर्व विद्यालयमा रहँदा हरि सर , शंकर सर लगायतका मित्रहरु संग मिलेर नयाँ नयाँ किताब देख्ने वित्तिकै किनेर, साटेर पढ्ने गरियो । पछि विस्तारै त्यही कुरा बानीमा परिवर्तन भयो अनि पढ्न थालियो । तर नढाटीकन भन्दा अहिले भने पठनमा केहि सुस्तता आएको छ ।
प्रश्न : पढ्नु र नपढ्नुले जिन्दगीमा खास फरक के पार्दोरहेछ ?
उत्तर : पढ्नु र नपढ्नु भनेको चाल्र्स डार्विनको विकासवादको सिद्धान्त जस्तै हो । उनले आफ्नो सिद्धान्तमा सङ्घर्ष गर्न र नयाँपनलाई ग्रहण गर्न नसक्ने प्राणी संसारबाट लोप हुँदै जान्छन् भनेर भनेका छन् । त्यस्तै हामीमा भएको ज्ञान, बुद्धि र कल्पनाशक्तिलाई पुनर्ताजकी गर्नेकाम पठन संस्कृतिले गर्दछ । नपढ्ने मानिस कहिल्यै पनि नवीन हुन सक्दैन । समयले क्रमशः उसलाई इतिहासमा लगेर थान्को लगाइदिन्छ । त्यसकारण जीवनको वास्तविक अर्थका लागि पनि मानिसले पढ्नु जरुरी छ ।
प्रश्न : पुस्तक पढिसकेपछिको अनुभुति सम्झनुस् न ?
उत्तर : जब मैले झमक कुमारी घिमिरेको जीवन काडा कि फूल नामक कृति पढेको थिएँ, पढ्न बसिहालेँ, पढ्दै गएँ । रात छिप्पिँदै गयो तर किताबबाट आखा ओझेलिन मानेनन् । कतिपय परिच्छेदहरुमा निरन्तर अश्रुधारा बगिरहे तर पनि किताबलाई बन्द गर्ने आँट मनमा आएन र एकैपटकको बसाईमा किताब सकियो । त्यसपछि आफु सबल भएर पनि चाहेजति गर्न नसकेको र बाहाना मै जिन्दगी चलाइरहेकोमा निकै पछुतो लागेर आयो ।
प्रश्न : नपढ्नेलाई केही सुझाव छ कि ?
उत्तर : कुनै पनि कामको सुरुवात गर्न निकै कठीन हुन्छ । जव प्रयास गरिन्छ तब त्यो प्रयास बानीमा परिणत हुन्छ । हामी मध्ये धेरैले देब्रे हातको उपयोग गर्न हिचकिचाउँछौ किनकी हामीमा त्यसको बानी छैन । तर देब्रेहात चलाउन निरन्तर प्रयास ग¥यौँ भने त्यही बानीमा परिणत हुन्छ । पढ्नुलाई पनि निरन्तरको प्रयासबाट बानीको रुपमा विकसित गरौँ, त्यसपछि नपढी हाम्रो मन मान्दैन । पढाइले नै जीवनमा उर्जा र सिर्जना ल्याउने हुनाले यसलाई प्राथमिकतामा राखौँ भन्न चाहन्छु ।
प्रश्न : देवदहको पछिल्लो पठन संस्कृतिका बारे तपाइको विचार बुझौ न ।
उत्तर : देबदहको पछिल्लो अवस्था हेर्ने हो भने यहाँको पठन संस्कृति अत्यन्तै विकसित भएको मैले पाएको छु । मोबाइल र ट्याबमा झुल्लिने युवा जमातको हातमा किताबका ठेली भेटिनुले पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । साथै यस क्षेत्रमा खुलेका विभिन्न साहित्यिक संस्थाहरुका माध्यमबाट पनि पठन संस्कृतिको विकासमा मद्दत पुगेको छ । अझ रिडर्स क्लब नै गठन भैसके पछि झन् पढ्ने माहोल बनेको जस्तो मेरो अनुभूति छ ।
प्रश्न : रिडसं क्लबको कुरा उठाउनुभयो, यसले खासै गति लिन नसकेको देखिन्न
उत्तर : रिडर्स क्लबले गति लिन नसक्नुको प्रमुख कारण यसमा समाहित साथीहरु आ–आफ्नो क्षेत्रमा अत्यधिक मात्रामा व्यस्त रहनु र यसको मासिक रुपमा गर्ने भनिएको भेलाको संयोजक तोक्ने र संयोजकको जागरुकता जस्ता कार्यमा उदासीनता नै हो जस्तो लाग्छ ।
प्रश्न : यसमा तपाईसंग कस्तो खालको व्यक्तिगत योगदानको अपेक्षा गर्न सकिएला ?
उत्तर : यसमा मैले आफुले पढेका कुराहरु साटासाट गरेर विचारहरु आदानप्रदान गरेर सहयोग गर्न सक्छु । संगसगै यस क्लबबाट राखिने कार्यक्रमहरुमा सहभागी भएर ज्ञान लिने र बाढ्ने कुरामा मेरो साथ र सहयोग रहनेछ ।

                                          समाप्त !!
प्रतिकृया दिनुहोस्

२०७४ साल मा हेर्नुस् बिदा कहिले कहिले परेको छ।

२०७४सालका बिदाहरु।

१. वैशाख १ – नयाँ बर्ष (शुक्रवार)
२.वैशाख २७ – उभौली पर्व (बुधवार)
३. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रवार)
४. भाद्र १३ – गौरापर्व (मंगलवार)
५. इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन
६. कार्तिक ९ – छठपर्व ( बिहिवार)
७. . इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन
८. मंङसिर १७ – उधौली पर्व / योमरी पुन्ही / ज्यापू दिवस ( आइतवार )
९. पौष १०- इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे ( सोमवार)
१०. पौष १५- तमु ल्होसार ( शनिवार)
१२. माघ १- माघी पर्व (सोमवार)
१३. माघ ४- सोनाम ल्होछार ( बिहिवार)
१४ . फाल्गुन २ – महाशिवरात्री ( बुधवार)
१५. फाल्गुन ४ – ग्याल्बो ल्होसार ( शुक्रवार)
१६. फाल्गुण १७ गते र १८ गते – होली ( १८ गते तराई मा , बिहिवार र शुक्रवार)

ख . महिला कर्मचारीहरुको लागि बिदा

१. भाद्र ८ - हरितालिका तीज (बिहिवार)
२. भाद्र १०- ऋषीपञ्चमी ( शनिवार)
३. भाद्र २८ – जितिया पर्व ( बुधवार , जितिया पर्व मनाउने कर्मचारीहरुको लागि मात्र)

ग . शिक्षण संस्थाहरुको लागि मात्र

१. माघ ८ –बसन्तपञ्चमी ( सोमवार)

घ. जात्रा बिदा ( काठमाण्डौ उपत्यकालार्इ मात्र)

१. श्रावण २४ – गाईजात्रा (मंगलवार)
२. भाद्र २०- ईन्द्रजात्रा ( मंगलवार)
३. भोटेजात्रा को दिन
४. चैत ३- घोडेजात्रा ( शनिवार)

ङ . दशैँ बिदा

१. अशोज ५ - घटस्थापना ( बिहिवार )
२. अशोज ११-अशोज १६ सम्म – फूलपाती देखि द्वादासी सम्म ( बुधवार देखि सोमवार)
३. अशोज १९ – कोजाग्रत पुर्णिमा ( बिहिवार)

च . तिहार बिदा

१. कार्तिक २- लक्ष्मी पुजा ( बिहिवार)
२. कार्तिक ३ – गोबर्धन पुजा ( शुक्रवार )
३. कार्तिक ४ – भाईटिका ( शनिवार )
 
छ . दिवस बिदा

१. वैशाख १८ – विश्व मजदुर दिवस ( सोमबार)
२. जेष्ठ १५ – गणतन्त्र दिवस ( सोमवार )
३. भाद्र २२ – निजामति सेवा दिवस ( निजामती कर्मचारीहरुका लागि , बिहिवार)
४. अशोज ३ – संविधान दिवस ( मंगलवार)
५. मंगसिर १७ – अन्तराष्ट्रिय अपाङ्ग दिवस ( आइतवार , अपाङ्ग कर्मचारीहरुका लागि मात्र )
६. माघ १६ – शहीद दिवस ( मंगलवार )
७. फाल्गुन ७ – राष्ट्रिय प्रजातन्त्र दिवस ( सोमवार)
८. फाल्गुण २४ – अन्तराष्ट्रिय महिला दिवस (बिहिवार)

ज . जन्म जयन्ती बिदा

१. वैशाख २७- बुद्ध जयन्ती ( बुधवार )
२. श्रावण ३० – श्री कृष्ण जन्माष्ठमी ( सोमवार )
३. कार्तिक १८ – गुरु नानक जयन्ती